धनगढी पोष्ट मङ्गलबार, ०६ माघ २०८२   January 20, 2026

रूखमा झुन्डिएको अवस्थामा युवती मृत फेला

रूखमा झुन्डिएको अवस्थामा युवती मृत फेला

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-३  तिलकपुरकी २२ वर्षीया सानु विष्ट मृत फेला परेकी छिन्।

बुधबार साँझ ७ बजेतिर घरनजिकै जंगलको रूखमा युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी उमेश जोशीका अनुसार सानु घर नजिकैको जंगलको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 


ट्रेन्डिङ