धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

हैजा संक्रमितको संख्या ४७ पुग्यो

हैजा संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । उपत्यकाका दुईसहित देशका पाँच जिल्लामा हैजा फैलिएको छ। साउन महिनायता मात्रै यी पाँच जिल्लामा ४७ जनामा हैजा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी० ले जनाएको छ।

महाशाखाका अनुसार यस सिजनमा सबैभन्दा बढी ललितपरमा ३४ जनामा संक्रमण देखिएको हो। त्यसपछि कैलालीमा आठ, काठमाडौं र प्युठानमा समान २-२ र रुपन्देहीमा १ जनामा संक्रमण देखिएको हो।

महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले पछिल्लो ४८ घण्टामा ललितपुरमा ७ जना, काठमाडौं र रुपन्देहीमा एक(एकजना गरी कुल ९ जनामा हैजा देखिएको बताए।

उनले कुल ४७ संक्रमितमध्ये ललितपुरका ३ जना मात्रै अस्पतालमा रहेको समेत जानकारी दिए। इडिसिडीले यो सिजनमा अहिलेसम्म हैजाबाट कसैको ज्यान नगएको समेत स्पष्ट पारेको छ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा रोग रोकथामका लागि १११५ निस्शुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको बताएको छ। एउटै टोलमा एक साताभित्र ५ जना भन्दा बढी झाडा पखालाका बिरामीहरु देखा परेमा इडिसिडीको टोल फ्री नम्बर १११५ समा सम्पर्क गर्न भनेको छ।


ट्रेन्डिङ