धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

सामुदायिक बिद्यालयले भर्ना शुल्क फिर्ता गर्नुपर्न नेबिसंघको माग

सामुदायिक बिद्यालयले भर्ना शुल्क फिर्ता गर्नुपर्न नेबिसंघको माग

सुखड

  नेपाल विद्यार्थी संघ घोडाघोडी नगर समितिले नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूले भर्ना शुल्कको नाममा लिएको रकम तत्काल फिर्ता गर्नुपर्ने माग गरेको    छ ।

   बुधबार नगरप्रमुख ममता प्रसाद चौधरीलाई ज्ञापन पत्र बुझाउँदै नेबिसंघले सामुदायिक विद्यालयहरूले लिएको भर्ना शुल्क तत्काल फिर्ता गनुपर्ने माग सहित नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

 नेबिसंघ घोडाघोडी नगर कार्यसमितिका अध्यक्ष कलकजंग सिंहद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सरकारले माध्यमिक तह सम्म निःशुल्क र अनिवार्य शिक्षा नीति लिएपनि त्यसलाई व्यवास्ता गर्दै केही सरकारी विद्यालयहरुले आफुखुशी भर्ना शुल्क लिएको उल्लेख गरिएको छ । साथै तत्काल शुल्क फिर्ता नगरे चरण बन्द आन्दोलन गर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।