धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

पहिरोमा परेर बझाङमा एक वृद्धको मृत्यु

पहिरोमा परेर बझाङमा एक वृद्धको मृत्यु

बझाङ । बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रसाद जोशीको पहिरोमा परेर मृत्यु भएको हो।

वडाध्यक्ष सुरेशबहादुर जेठाराका अनुसार आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा काट्न गएका उनी एक्कासी ढुंगामुडा सहितको सुख्खा पहिरो जाँदा बेपत्ता भएका थिए।

जोशी आज खोजतलास गर्दा जंगलमा मृत अवस्थामा भेटिएका वडाध्यक्ष जेठाराले बताए।


ट्रेन्डिङ