धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोरोनाबाट पहिलो बिदेशीको मृत्यु

काठमाडौं

 कोरोना भाइरसको संक्रमणबाट बुधबार नेपालमा दुई जनाको मृत्यु भएको छ  । कोरोनाका कारण मृत्यु हुनेमा एक जना बिदेशी समेत रहेका छन् ।

 पोखरामा काम गर्दै आएकी एक चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण पहिलो पटक बिदेशीको मृत्यु भएको हो ।

  महारागंजस्थित त्रिवि शिक्षण अस्पतालमा  उपचारका क्रममा ती महिलाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार ग्राण्डी अस्पतालमा  उपचारका लागि भर्ना भएकी उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि महारागंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो ।

   केही समयअघि पोखरामा बिरामी मणिपाल अस्पतालमा भर्ना गरिएको ती महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हेलिकोप्टर मार्फत ल्याएर काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार नै  एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । धनुषाको जनकपुरधाम उप महानगरपालिकाका ६० वर्षीय पुरुषको धरानमा मृत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

   नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

 


ट्रेन्डिङ