धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

 काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ।ब्रेन ट्युमरका कारण उनको उपचारका क्रममा गएराति ११ बजे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए।  

६१ वर्षीय रेग्मीको अहिले पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ।  उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही  बन्द गरिएको छ। पर्वतका स्थायी बासिन्दा रेग्मीका श्रीमती र एक छोरी रहेका छन्


  


ट्रेन्डिङ