धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

भन्सार छलीका सामान बरामद

भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले ५७ हजार २४०, प्रहरी चौकि परासनले ४१ हजार ९ सय, अस्थाइ  प्रहरी बिट झोलुङगेले २० हजार, अस्थाइ प्रहरी बिट भासीले १ लाख ६८ हजार र अस्थाय प्रहरी बिट मझगाउँले ७ हजार ५०० गरि जम्मा २ लाख ३३ हजार ४४० बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।

उक्त मूल्य बराबरको  पेटिकोट थानको कपडा, प्लाष्टिक, सुट,चुरा, लगायतका सामान बरामद गरी थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


ट्रेन्डिङ