धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

पहिरोमा ज्यान गुमाएका धामी परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने

पहिरोमा ज्यान गुमाएका धामी परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना ज्यान गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दुस्ख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन्।

शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने जारी शोक वक्तव्यमा उल्लेख गरेका छन्।

गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका-१० को टुमेडागाउँका बिरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो। धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।


No description available.


ट्रेन्डिङ