धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

पानीमा डुबेर एक बालिकाको मृत्यु

पानीमा डुबेर एक बालिकाको मृत्यु

धनगढी । कैलालीमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१० आमखोईया बस्ने ८ वर्षया कल्पना रोकायको सोमवार मृत्यु भएको हो। 

घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएपछि उनी बेपत्ता भएकी थिइन्।

खोजतलास गर्दा सोमवार साँझ नै सोही खोलामा मृत अवस्थामा उनी फेला परेकी प्रहरीले जनाएको छ।


ट्रेन्डिङ