धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

पाँच जना जुवाडे पक्राउ

पाँच जना जुवाडे पक्राउ

बैतडी । बैतडीबाट पाँच जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको पाटन नगरपालिका–४ मोहनपुरमा ४२ वर्षीय गणेश सिंह बिष्टले सञ्चालन गरेको अन्नपुर्ण होटेलबाट होटल साहु बिष्टसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले होटेलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ।

पाँचै जनालाई नगद ६२ हजार ७७० र १ गड्डी ताससहित नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


ट्रेन्डिङ