धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

धनगढीमा पानीमा डुबेर एक बालकको मृत्यु

धनगढीमा पानीमा डुबेर एक बालकको मृत्यु

धनगढी । कैलालीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका १० बस्ने राजु रानाको छोरा ३ वर्षीय आर्यन रानाको घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर शुक्रवार मृत्यु भएको हो।

पानीमा डुबेर घाइते भएका आर्यनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिननै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।