धनगढी पोष्ट मङ्गलबार, ०६ माघ २०८२   January 20, 2026

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै

काठमाडौं ।  सुदूरपश्चिममा सोमबार गौरा पर्व मनाइँदैछ। भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई ‘गौरापूजन’ गर्ने चलन छ। 

यसअघि आइतबार बेलुकी धान, सामा, कुशलगायतका बोटबिरुवाबाट बनाइएको गौरा भगवतीको प्रतिमा धार्मिक अनुष्ठानका साथ गौराघर तथा मन्दिरमा भित्र्याइएको थियो।

बेलुकीदेखि व्रत बसेका विवाहित महिला गौरापूजन गर्ने ठाउँमा गई घाँटीमा लगाएको धागो अर्थात् दुबधागो गौरालाई चढाउने र नयाँ धागो लगाउने गर्छन्। भाद्र शुक्ल पञ्चमीका दिन भिजाइएको मास, गहत, गहुँ, केराउ, गुराँस गरी पाँच प्रकारका गेडागेडी (पञ्चबिरुडा) ले गौरा महेश्वर अर्थात् शिवपार्वतीको पूजा गर्ने परम्परा छ। पूजा सकेपछि आशीर्वादसहित सबैलाई प्रसाद बाँड्ने चलन छ।

व्रतालुले बिरुडा बाँडेर ठूलाबडाको आशीर्वाद लिने, व्रतालुलाई प्रसादका रूपमा बिरुडा दिने र खाने चलन छ। भोलिपल्ट गौरा सेलाएपछि गौरा पर्व समाप्त हुन्छ।

पौराणिक कथनअनुसार पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको गौरी अर्थात् पार्वतीको पूजा आराधना गरिने भएकाले यो पर्वको नाम गौरा रहेको बताइन्छ। गौरा पर्वसँगै देउडा खेल्ने पनि सुदूरपश्चिमवासीको चलन छ।


ट्रेन्डिङ