धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कैलालीमा एक पुरुषको मृत्यु

कैलालीमा एक पुरुषको मृत्यु

धनगढी । कैलालीमा एक पुरुषको मृत्यु भएको छ। जिल्लाको गौरिगंगा नगरपालिका ४ राजिपुर स्थित ४ नम्बर वडा कार्यालय नजिक बस्ने ५७ वर्षीय  गंगाराम अधिकारीको आज मृत्यु भएको हो।

उनी आफ्नै घरको पछाडि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृत ब्यक्ति मानसिक रोगि भई बिगत ३ वर्षदेखि औषधि सेवन गरीरहेको प्रहरीले जनाएको छ। 

घटना स्थालमा प्रहरी सहायक हवल्दार मदनसिह साउदको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई अनुसन्धान गरिरहेको जनाएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको छ।


ट्रेन्डिङ