धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

पहिरोले घरसँगै सेती नदीमा पुगेका युवकको उद्धार

पहिरोले घरसँगै सेती नदीमा पुगेका युवकको उद्धार

बझाङ । छबिसपाथिभेरा गाउँपालिका-१ परिङ्गालमा घर मुनिबाट पहिरो खस्दासेती नदीमा खसेका युवकको उद्धार गरिएको छ।

३६ वर्षीय करन गिरी गएराति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा खसेका थिए।

राति ठूलो आवाजसहित खसेको पहिरोले घरसहित निदाइरहेका गिरीलाई सेती नदीमा लगेको थियो।

नदीमा खसेपछि गुहार मागेका गिरीलाई स्थानीय  दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले घाइते अवस्थामा उद्धार गरेका हुन्। 

उनको शरीरभरि चोट लागेको उनका दाजु लक्ष्मीराज गिरीले जानकारी दिए। करनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको पनि उनका दाजु लक्ष्मीराजले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ ।