धनगढी पोष्ट मङ्गलबार, ०६ माघ २०८२   January 20, 2026

धनगढीमा एक जना मृत भेटिए

धनगढीमा एक जना मृत भेटिए

धनगढी । कैलालीको धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

शनिबार विहान धनगढी उपमहानगरपालिका–२ महालक्ष्मी विकास बैंक नजिकै राजेश श्रेष्ठको तीन तले घरको तेस्रो तलामा पहिचान नखुलेका एक जना मृत अवस्थामा फेला परेका हुन्।

एक बर्षदेखि कोठा गरी तर पहिचान नखुलेका करिब ६२ वर्षीय पुरुष आफु सुत्ने कोठामा मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ।

लेखराज जोशीले प्रहरीलाई खबर गरेपछि  जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक गोपालबहादुर कार्कीको कमाण्डमा ५ जना र थप अनुसन्धानको लागि प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा एसओसीओसहित प्रहरी टोली खटिएको थियो।
 


ट्रेन्डिङ