धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

धनगढीका युवा ज्योतिषी मिश्र नेपाल ज्योतिष परिषद्को उप–महासचिवमा निर्वाचित

धनगढीका युवा ज्योतिषी मिश्र नेपाल ज्योतिष परिषद्को उप–महासचिवमा निर्वाचित

धनगढी । धनगढीका युवा ज्योतिषी खेम मिश्र नेपाल ज्योतिष परिषदको केन्द्रीय उप–महासचिवमा निर्वाचित भएका छ्न्।

नेपाल ज्योतिष परिषद्को काठमाडौको डिल्लीबजारमा सम्मन्न छैटौ महाधिवेशनबाट मिश्र उपमहासचिवमा निर्वाचित भएका हुन्।

यस्तै, अध्यक्षमा केशवप्रसाद धिताल निर्वाचित भएका छ्न्। यस्तै सुदूरपश्चिमबाट उप–महासचिवमा युवराज जोशी, उपाध्यक्षमा हरिदत्त लेखक र सदस्यमा केशवराज जोशी निर्वाचित भएका छ्न् । 

भदौ १२ र १३ गते सम्पन्न महाधिवेशनको उद्घाटन नेपाल सरकारका कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले गरेका थिए। महाधिवेशनमा सातै प्रदेशका ज्योतिषीहरुको सहभागिता रहेको थियो।


ट्रेन्डिङ