धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ।  जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका अन्दाजी ४० वर्षीय अम्मरबहादुर  विष्टको मृत्यु भएको वडाध्यक्ष राजकुमार भाटले जानकारी दिए।

 विष्ट आइतबार बाख्रा चराउन स्थानीय धरमपानी सामुदायीक वनमा गएका थिए। तर साँझ बाख्रा मात्रै घर आएपछि स्थानीयले विष्टको खोजी सुरू गरेका थिए।

उनी आज बिहान सोही जंगलमा मृत फेला परेको वडाध्यक्ष भाटको भनाइ छ। अहिले इलाका प्रहरी कार्यालय जोगबुडाबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको छ।


  


ट्रेन्डिङ