संयुक्त गठबन्धन बस व्यवसायीका चार बुँदे माग, माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

संयुक्त गठबन्धन बस व्यवसायीका चार बुँदे माग, माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

धनगढी । धनगढीमा अछाम र बाजुरा रुटका संयुक्त गठबन्धनका बस व्यवसायीहरुको बैठकले चार बुँदे निर्णय गरेको छ । धनगढीमा बिहीबार बसेको संयुक्त गठबन्धनका बस व्यवसायीहरुको बैठकले चार बुँदे निर्णय गरेको हो ।  

बैठकले अनावश्यक रुपमा चलीरहेका निजी सवारी साधनलाई रोक लगाउनु पर्ने र विद्युतीय सवारी साधनको हकमा गाडीको क्षमता र रुट परमिट अनुसार दिवा तथा रात्रीको समय निर्धारण गर्नुपर्ने निर्णय गरेको संयुक्त गठबन्धनका संयोजक विक्रम स्वारले बताए । 

बैठकले दशैँ र तिहारको समयमा काटिने अग्रीम टिकटको भाडा डेढ प्रतिशतले बढाउनुपर्ने र बिना परमिटको गाडीलाई रोक लगाउनुपर्ने निर्णय समेत गरेको उनले बताए । उनले चान्स र थप गाडी पठाउनु परेमा भाडादर वृद्धि गर्नुपर्ने बताए । 

उनले बैठकले गरेका चार बुँदे निर्णयहरु अछाम र बाजुरा चल्ने गाडीका यातायात प्रा.लिका समितीहरुलाई बुझाउने निर्णय गरेको बताए ।
प्रा.लिका समितीहरुलाई आफूहरुले बुझाएको निर्णयलाई व्यवस्थापन गर्नका लागि पहल समेत गर्ने उनले बताए । 

साना सवारी साधनका कारण आफूहरु मारमा परेको उनको भनाइ रहेको छ । सबै भन्दा बढी कर तिरे पनि आफूहरु अनायमा परेको उनले बताए । उनले रातो नम्बर प्लेटका गाडिहरुले भाडा उठाउँदै यात्रु बोक्ने काम गरिरहेकाले गर्दा आफूहरु मारमा परिरहेको बताए । 

उनका अनुसार दशैँको अग्रीम भाडादरले गर्दा आफूहरुको खर्च समेत उठन नसकिरहेकाले भाडादरमा वृद्धि गर्नपर्ने माग छ । विद्युतीय सवारी साधनको मापदण्ड अनुसार सवारी साधन चलाउनुपर्ने उनले बताए । 

उनले प्रालिहरुलाई आफूहरुले भोगिरहेको समस्याका विषयमा ध्यान आर्कषण गर्दा समेत सुनुवाइ हुन नसकिरहेको बताए ।

आफूहरुले उठाएका मागहरु लाई प्रालिहरुले सम्बोधन नगरे आन्दोलन समेत गर्ने बाध्य हुने उनले बताए । 

व्यवसायीको माग पुरा नभएमा आ–आफनो कार्यालयको अगाडी गाडी खडा गरि आन्दोलन समेत गर्न उनको भनाइ रहेको छ । 

 अछाम र बाजुरा रुटका संयुक्त गठबन्धनका बस व्यवसायीका संयोजक स्वारको अध्यक्षत्यतामा बैठकले बसेको थियो ।  


No description available.


ट्रेन्डिङ