धनगढी पोष्ट बिहिबार, १५ साउन २०८३   July 30, 2026

बैतडीमा भन्सार छली ल्याइएको १६ क्वीन्टल चिनी बरामद

बैतडीमा भन्सार छली ल्याइएको १६ क्वीन्टल चिनी बरामद

बैतडी । बैतडीमा प्रहरीले भन्सार छली गरी ल्याइएको चिनीसहितको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्लाको मेलौली नगरपालिका-७ स्थित काँडा बजारबाट बिहीवार करिब साढे ८ बजेको समयमा इलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीको टोलीले १ लाख ४४ हजार मूल्य बराबरको चिनी बरामद गरेको हो। 

सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३५१० नम्बरको ट्रकमा ल्याइएको चिनीसहित उक्त ट्रक र चालक पञ्चेश्वर गाउँपालिका–३का ४८ वर्षीय दामोदर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए। 

ट्रकमा ५० केजीका ३२ बोरा (१६ क्वीन्टल) चिनी रहेको बताइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।