धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउपालिका–७ उच्च गोलौरीबाट सोही स्थानका करिब १९ वर्षीय रबिन चौधरी र १९ वर्षकै राजेन्द्र महतोलाई लागुऔषधसहित पक्राउ गरेको हो।

चेकजाँच गर्दा रबिन चौधरीले लगाएको पाइन्टको दायाँ खल्तिमा लुकाई राखेको ९२४ मिलिग्राम लागुऔषध फेला परेको थियो।

दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


ट्रेन्डिङ