धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

डोटीमा कार्यरत प्रहरी जवानको दार्चुलामा मृत्यु

धनगढी

 जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एक जना प्रहरी जवानको दार्चुलामा मृत्यु भएको

 जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक पदम सिंह विष्टका अनुसार मृत्यु हुने प्रहरी जवान दार्चुलाको लेकम गाउँपालिका सर्मोलीका ३३ बर्षे सोभान सिंह साउँद हुन् जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत ती जवान दिन अघि छुट्टी मनाउन घर फर्केका थिए

 ती जवानको मृत्यूको एकिन कारण नखुलेको प्रहरी नायव उपरिक्षक विष्टले बताए तर मृतक जवान लामो समय देखी एपेण्डिसाईडका विरामी रहेको खुलेको बताउँदै उनले सोहीकारण मृत्यु भएको हुन सक्ने बताए मृतक प्रहरी जवानको पोष्मार्ट रिपोटी पछि मात्रै मृत्युको कारण पत्तालाग्ने उनले बताए