धनगढी पोष्ट मङ्गलबार, ०६ माघ २०८२   January 20, 2026

सरकारी कार्यालयका कर्मचारीलाई अब खाजा खान आधा घण्टा मात्र

सरकारी कार्यालयका कर्मचारीलाई अब खाजा खान आधा घण्टा मात्र

काठमाडौं । सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन्।

एक घण्टाबाट घटाएर आधा घण्टा बनाएको जानकारी उनले दिएका छन्। खाजा खाने समय दिउँसो १:३० बजेदेखि २ बजेसम्म कायम गरिएको छ।

‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ’, उनले लेखेका छन्, ‘खाजा पनि खानुपर्छ। तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।’

प्रधानमन्त्री ओलीले नयाँ नियम उल्लंघन गरेको भेटिए ‘हेलो सरकार’मार्फत उजुरी दिन आग्रह गरेका छन्। 


ट्रेन्डिङ