धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

जुवा खेलिरहेका ८ जना पक्राउ

जुवा खेलिरहेका ८ जना पक्राउ

दार्चुला । दार्चुला सदरमुकाम खलंगा बजारको एक घरमा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महाकाली नगरपालिका–४ स्थित विद्यानगर टोलबाट आइतबार साँझ उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा नौगाड गाउँपालिका–१ का जनक ठेकरे, दुहु गाउँपालिका–२ का दीपेन्द्र कार्की, पदम कार्की, नौगाड गाउँपालिका–१ का सागरसिंह ठगुन्ना, शेरसिंह महता, मालिकार्जुन गाउँपालिका–३ का निरज धामी, मार्मा गाउँपालिका–६ का विक्रमसिंह धामी र महाकाली नगरपालिका–४ का गोविन्द धानुक रहेका छन् ।

गोविन्द धानुकको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हानेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए ।

उनीहरूको साथबाट ९३ हजार २ सय २० रुपैयाँ नगदसमेत बरामद गरिएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखी कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।