धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली उद्योग वाणिज्य संघका अध्यक्षद्धारा जन्मदीनको अवसरमा सामाजिक संस्थालाई सहयोग

कैलाली उद्योग वाणिज्य संघका अध्यक्षद्धारा जन्मदीनको अवसरमा सामाजिक संस्थालाई सहयोग

धनगढी

 कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जन्मदीनको अवसरमा धनगढीमा रहेका दुई वटा सामाजिक संस्थालाई पंखा र फलपूmल बितरण गरेका छन् ।

   धनगढी स्थित स्थित आमाको माया छात्रवास लाई ६ वटा पंखा र मानव सेवा आश्रमलाई ४ वटा पंखा तथा फलपूmल वितरण गरिएको अध्यक्ष कुँवरले बताए । जन्मोउत्सबमा फजुल खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा कार्यरत संस्थालाई सहयोग गर्दा आत्मसन्तुष्टि मिल्ने गरेको अध्यक्ष कुँवरले बताए ।

   ‘असहाय र अशत्तलाई सहयोग गर्दा आत्म सन्तुष्टि हुने मात्र नभई सामाजिक संस्था सञ्चालनमा थोरै भएपनि टेवा पुग्ने गर्दछ’ उनले भने–‘सोही कारण मैले जन्मदीनको अवसरमा फजुल खर्च रोक्दै, असहायको संरक्षण गर्ने संस्थालाई थोरै भएपनि सहयोग गरेको हुँ ।’

   यसै गरी जन्मदीनको अवसरमा नै अध्यक्ष कुँवरले धनगढीमा कार्यरत पत्रकारलाई कोरोना रोग संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

 


ट्रेन्डिङ