धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा २४ घण्टामा  २४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

  सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा १ जना,  डडेल्धुरा प्रयोगशालामा २० जना, पाटन अस्पतालमा एक जना, सुर्खेत प्रादेशिक अस्पतालमा दुई जनामा कोरोना पुष्टि भएको हो ।

   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा डोटीका १३ जना, डडेल्धुराका ४ जना र बैतडीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  डाक्टर गौतमका अनुसार पाटन अस्पतालमा भएको परीक्षणमा अछामका १ जना र  सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अछामका थप दुई जनामा संक्रमण पुष्टि भएको छ ।

    धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ६० जनाको कोरोना परीक्षण गरिएकोमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १३ का १७ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज २४ जना संक्रमित थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार दुई सय नौँ पुगेको छ ।

 


ट्रेन्डिङ