धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

बन्दुकसहित एक जना पक्राउ

बन्दुकसहित एक जना पक्राउ

डोटी । डोटीमा बन्दुकसहित एक जना पक्राउ परेका छन्। आइतबार बिहान प्रहरीले पूर्वीचौकी गाउँपालिका–७ बगडाका ६२ वर्षीय शंकर साउद बन्दुकसहित पक्राउ गरेको हो।

उनी भरुवा बन्दुक बोकेर गाउँकै टोट्केबाँझस्थित कच्ची सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डीएसपी भीमलाल भट्टराईले बताए।

साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए। स्थानीयका अनुसार साउद स्थानीय वनमा वन्यजन्तुको सिकार गर्न भरुवा बन्दुक प्रयोग गर्दै आएका थिए।
 


ट्रेन्डिङ