धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १९३ पुग्यो

बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १९३ पुग्यो

काठमाडौं । बाढी- पहिरोमा परी मृत्यु हुनेको संख्या १९३ पुगेको छ। नेपाल प्रहरीका अनुसार ३१ जना बेपत्ता  र ९६ जना घाइते भएका छन्।

हालसम्म ३ हजार ७०५ बढीको उद्दार गरिएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाले लामो यात्रामा निस्किनु अघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।


 


ट्रेन्डिङ