धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

एक लाख तिरेर दुर्गा प्रसाईं छुटे

एक लाख तिरेर दुर्गा प्रसाईं छुटे

काठमाडौँ  । मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक लाख तिरेर छुटेका छन्। काठमाडौँ जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार साँझ रिहा भएका हुन्।

मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही आदेश अनुरुप उनी धरौटी बुझाएर साँझ रिहा भएका हुन्।

प्रहरीको साइबर ब्यूरोले उनलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो।


 


ट्रेन्डिङ