धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

५० हजारको भन्सार छलीका सामान बरामद

५० हजारको भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट ५० हजारको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको दोधारा चाँदनी नगरपलिका–१ पक्की पुल, भीमदत्त नगरपलिका–९ तुमणानी र पुनर्वास नगरपलिका–११ डोके बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५० हजार ५० मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिडि, कुरकुरे, बिस्कुट, कापी ,प्याज, चिनि, प्लाष्टिक झिल्ली लगायतका सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।


ट्रेन्डिङ