धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

चरेससहित दुई जना पक्राउ

चरेससहित दुई जना पक्राउ

धनगढी । कैलालीमा चरेससहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनिया बजारबाट चरेससहित घोडाघोडी नगरपालिका–७ का २५ वर्षीय अर्जुन बिक र गौरिगंगा नगरपालिका–७ की २६ वर्षीया निशा चौधरी पक्राउ परेका हुन।

बौनिया बजारमा सवारी चेक–जाँचको क्रममा से १ ख ११८८ नम्बरको बसमा सवार उनीहरुलाई शंकालागि चेकजाँच गर्दा निशाको साथबाट लागूऔषध (चरेश) बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

२० दश्मलव ५० ग्राम तौल भएको चरेससहित दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ।