धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रधानमन्त्री ओलीले बुबाको हातबाट लगाए दशैंको टीका

प्रधानमन्त्री ओलीले बुबाको हातबाट लगाए दशैंको टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका ग्रहण गरेका छन्।

आज बिहान शुभ साइतमा प्रधानमन्त्री ओलीलाई बुबाले बालुवाटारस्थित निवासमै पुगेर टीका लगाइदिएका हुन्। 

केहि समयपश्चात मन्त्री, नेता, सांसद, विशिष्ट श्रेणीका कर्मचारी, सर्वसाधारण लगायतलाई टीका लगाइदिने कार्यक्रम छ।

राष्ट्रपति रामचन्द्र पौडेलले पनिदिउँसो ३स्३० देखि साँझ ५ बजेसम्म विजया दशमीको टीका राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। 


 


ट्रेन्डिङ