धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

अरिङ्गालको टोकाइबाट एकको मृत्यु

अरिङ्गालको टोकाइबाट एकको मृत्यु

बाजुरा । बाजुरामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु र एक जना घाइते भएको छन। मृत्यु हुनेमा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका ६५ वर्षीय अंगे बडूवाल रहेका छन्।

त्यस्तै अरिङ्गालको घर भत्काउने क्रममा गम्भीर घाइते भएका अर्का ६० वर्षीय स्थानीय डम्म साउद प्राथमिक उपचार पश्चात् सामान्य भएको बताइएको छ।

भैसिगोठमा अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा अरिङ्गालको टोकाईबाट बडूवालको घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएका छ।डम्म साउद भने घरमै प्राथमिक उपचार पछि सामान्य भएको पारिवारिक स्रोतले जनाएको छ।


 


ट्रेन्डिङ