धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका–६ का करिब ५० वर्षीय प्रेमकुमार लामा कञ्चनपुरमा मृत फेला परेका हुन्।

लामा असोज २४ गते साथीहरुसँग काठमाण्डौबाट घुम्न कञ्चनपुर पुगेका थिए। जिल्लाको वेदकोट नगरपालिका–१० दैजी स्थित लाटा देव स्विट चिया पसलमा चिया र पाउरोटी खाने क्रममा उनी एक्कास बेहोस भएका थिए।

त्यसपछि उपचारको लागि महाकाली प्रादेशीक अस्पतालमा पुगाउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनााएको छ।

लामा मुटु रोगको बिरामी रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ। लामाको शव काठमाण्डौंको पठाइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


ट्रेन्डिङ