धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज नियुक्त

सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज नियुक्त

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई सोमबार आफ्नो प्रमुख मेन्टेर नियुक्त गरेको छ।

अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टिममा रहेका हजको आगमनले सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपीएल) मा उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ । 

हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपीएल) समेत खेलेका थिए। हजको आगमनलाई लिएर टिम उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले बताएका छन् ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाल सोसियल एक्टिभिस्ट एम्बेसडर छन् ।

नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा मंसिर १६ गते देखि एनपीएल सुरु हुनेछ।