धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

धनगढी । कैलालीमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्।

जिल्लाको टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

बुधबार नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएका थिए। स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको छ।


ट्रेन्डिङ