धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

सात लाख बढीको भन्सार छलीको सामान बरामद

सात लाख बढीको भन्सार छलीको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट सात लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्तनगरपालिका–२ भासी,  भीमदत्त–६ ऐठपुर, भीमदत्त–११ चौकीसत्ता, बेलौरी नगरपालिका–१ दिपज्योती बिद्यालय नजिक र बेलौरी ६ नयांगाउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सात लाख १२ हजार ६२० मुल्य बराबरको सामान प्रहरीले बरामद  गरेको हो।

उक्त मुुल्य बराबरको चुरोट, सुर्ती, सरफ, चप्पल, प्याजको बिउ, पर्दाको कपडा, किसमिस, बदाम, पेय पदार्थ, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 


ट्रेन्डिङ