धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

राँगागाडासहित १४ लाखको अवैध सामान बरामद

राँगागाडासहित १४ लाखको अवैध सामान बरामद

धनगढी । कैलालीबाट चार वटा राँगागाडासहित १४ लाखको अवैध सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उप–महानगरपालिका– १० बनकट्टीघाटबाट बिहिवार राति सशस्त्र प्रहरीले १४ लाख बरावरको राँगा सहितको गाडामा लोड गरिएको सामान बरामद गरेको प्रहरी नम्बर ३४ गण कैलालीका प्रमुख दलबहादुर पाण्डेले जानकारी दिए।

उनका अनुसार सीमा इलाकामा नेपालबाट अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको बेवारिसे अवस्थामा रहेको ४ वटा गाडामा पुरानो कवाडी टायर ट्यूवसहित बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बिओपी जुगेडाबाट सशस्त्र प्रहरी निरीक्षक धन बहादुर नाथको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो।

बरामद ४ वटा राँगासहितको गाडामा पुरानो कवाडी टायर ट्यूवलाई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ।
 


ट्रेन्डिङ