धनगढी पोष्ट मङ्गलबार, ०६ माघ २०८२   January 20, 2026

भिरबाट लडेर पूर्ववडासदस्यको मृत्यु

भिरबाट लडेर पूर्ववडासदस्यको मृत्यु

दार्चुला । भिरबाट लडेर पूर्ववडासदस्यको मृत्यु भएको छ । बुधबार मेलामा घाँस काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका–६ का ५० वर्षीय तारासिंह डागाको भिरबाट लडेर मृत्यु भएको हो ।

डागा साविकको ग्वानी गाविस– ७ नम्बर वडाका २०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य हुन् ।


 


ट्रेन्डिङ