धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026
कञ्चनपुर हत्या प्रकरण

अनुसन्धानका लागि शंकास्पद तीन जना पक्राउ

अनुसन्धानका लागि शंकास्पद तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीको दम्पती हत्या घटनामा अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाहीका अनुसार शंकास्पद तीनलाई नियन्त्रणमा लिएर उनीहरुमाथि सोधपुछ गर्ने काम भइरहेको छ।

प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन। शुक्रबार लालझाडी गाउँपालिका–१ बिनवारीका ४६ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बडायकको शव बीभत्स ढंगले हत्या गरिएको अवस्थामा घरको आँगनमा भेटिएको थियो। 

रक्ताम्य अवस्थामा भेटिएका उनीहरुको टाउकोमा धारिलो हतियार प्रहार गरेको चोट छ। घटनाको अनुसन्धानका लागि कञ्चनपुरका डीएसपी उमेश जोशी शुक्रबारदेखि घटनास्थलमा छन्।