धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

होटेल सञ्चालक पक्राउ

होटेल सञ्चालक पक्राउ

धनगढी । कैलालीको धनगढीमा होटेल सञ्चालन गरिरहेका अछामका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अछामको चौरपाटी गाउँपालिका–१ घर भई हाल धनगढी बसपार्क स्थित प्रियंका होटेलका संचालक ३६ वर्षीय विजय साउँद पक्राउ परेका हुन्।

साउँदलाई ३ ग्राम ३८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 


ट्रेन्डिङ