धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा अरिङ्गालले टोक्दा एक जना पुरुषको मृत्यु भएको छ। गाई वस्तुलाई घाँस काट्दै गरेका आलिताल गाउँपालिका १ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशीलाई कात्तिक १२ गते घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको थियो।

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला सदरमुकाम तुफानडाडाको डडेल्धुरा अस्पताल पुगाइएको थियो।

डडेल्धुरा अस्पतालमा उनको उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो। धनगढीमा पनि उनको उपचार सम्भव नभएपछि भारतको बरेलीको अस्पताल पुगाईएको थियो। 

बरेलीको एक अस्पतालमा उपचारकै क्रममा बिहिबार बिहान उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।  


ट्रेन्डिङ