धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

स्याङ्जामा १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं

    स्याङ्जामा जिल्लामा  थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पुष्टि भएकासँगै स्याजामा कोरोना पुष्टि हुने प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ ।

   सोमबार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्याङ्जाका प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले बताए । यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

   कोरोना संक्रमण पुष्टि हुने सबै  जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी रहेका छन् ।

‘सोमबार थप १८ जनामा संक्रमण पुष्टि भएको छ । साउन ७ र ८ गते ४ जना थुनुवा सहित ९८ जनाको स्वाब संकलन गरिएको थियो,’ अधिकारीले भने, ‘जसमध्ये ३५ जनाको रिपोर्ट आउँदा १८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको हो । अन्यको रिपोर्ट आउन बाँकी छ ।’

  प्रहरी नायब उपरिक्षक अधिकारीका अनुसार संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई भिरकोट नगरपालिका–१ मा रहेको कालिका सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

  यसअघि साउन ६ गते तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा सर्वसाधारण सेवाग्राहीलाई प्रवेश निषेध गरिएको थियो  ।


ट्रेन्डिङ