धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डोटीका २३ र कैलालीको गोदावरीका १८ सहित सुदूरपश्चिममा थप ४२ जनामा कोरोना पुष्टी

डोटीका २३ र कैलालीको गोदावरीका १८ सहित सुदूरपश्चिममा थप ४२ जनामा कोरोना पुष्टी

धनगढी

 सुदूरपश्चिममा पछिल्लो २४ घण्टाको अवधीमा थप ४२ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

 सेती अस्पताल धनगढीको प्रयोगशालामा १ सय ३४ जनाको स्वाव परिक्षण गरिएकोमा ४२ जनामा संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन् ।

 २४ घण्टामा पुष्टी भएका संक्रमित हरुमा कैलालीको गोदावरीका ११ महिला र ७ पुरुष गरी १८ जना, डोटीको सायलका ( ७ महिने बालक सहित ) ६ महिला र १३ पुरुष गरी १९ जना यसै गरी डोटीकै आदर्श गाउँपालिकाका–७ का १ महिला र तीन पुरुष गरी ४ जना रहेका सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार आजनै बेलौरी नगरपालिका वडा नम्बर ९ कञ्चनपुरका १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको श्रेष्ठले बताए ।


ट्रेन्डिङ