धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

आरजु देउबाद्धारा स्वास्थ्य सामाग्री सहयोग

आरजु देउबाद्धारा स्वास्थ्य सामाग्री सहयोग

धनगढी

       सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष तथा वरिष्ठ सामाजिक अभियन्ता डा आरजु राणा देउवाले सुदूरपश्चिमको डोटी,डडेल्धुरा,बाजुरा र बैतडीका जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा रहेका प्रसुती गृहलाई स्वास्थ सुरक्षा सामाग्री सहयोग गरेकी  छन ।

     कोरोना भाईरसको संक्रमणबाट बच्न र प्रसुती गृहमा रहेका गर्भवती र सुत्केरी महिला एंव नवजात शिशुको स्वास्थ्यलाई मध्येनजर गर्दे स्वास्थ सुरक्षामा विशेष सहयोग पुगोस भन्ने उद्धेश्यले  स्वास्थ सामाग्री सहयोग  गरिएको उनले बताएकी छन ।

   अध्यक्ष देउवाले डोटीका ५ ,डडेल्धुराका १३,बैतडीका ४ र बाजुराका ४ वटा गरी ४ जिल्लाका २६ वटा स्वास्थ्य सस्थाका प्रसुती गृहलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकी हुन  ।

     जसमा पिपिई सेट ७६ सेट,सेनिटाईजर ११० लिटर, थरमल गन २६ वटा,पन्जा ६३ प्याकेट,पेपर मास्क ५२०० पिस,एन ९५ मास्क २८८ पिस,साबुन ७२० पिस,सेनिटरी प्याड २४९६ वटा र फेससिल्ड ७६ वटा रहेका छन् । डा आरजु देउवाले सुदूरपश्चिमका ९ जिल्लाका ५३ वटा प्रसुति गृहमा स्वास्थ सामाग्री हस्तान्तरण गर्न लागेको सुरक्षित मातृत्व संजाल कैलालीका अध्यक्ष विनय लामाले बताए ।