धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

धनगढीमा तीन दिन भुवा महोत्सव हुने

धनगढीमा तीन दिन भुवा महोत्सव हुने

धनगढी । कैलालीको धनगढीमा तीन दिनसम्म भुवा पर्व महोत्सव भुवाचाली खेल २०८१ हुने भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ खुल्ला मञ्चमा सोमवारदेखि तीन दिन भुवा पर्व महोत्सव हुने भएको हो।

बाजुरेली सेवा समाज, धनगढीले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै तीन दिनसम्म भुवा पर्व महोत्सव भुवाचाली खेल हुने बताएको छ।

धनगढीको खुल्ला मञ्चमा हुने भुवा पर्वको अवसरमा प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । 

कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका पाँच वटा समूहको बिचमा प्रतिस्पर्धा गरिने भएको हो। प्रतिस्पर्धामा सहभागी हुने समूहले नगद तथा प्रमाणपत्र पाउने छन्।


ट्रेन्डिङ