धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीको पुर्वी क्षेत्र जलमग्न

धनगढी

 मंगलबार राती देखिको अबिरल बर्षाका कारण कैलालीको पुर्वी क्षेत्र जलमग्न भएको छ ।

   पुर्वी क्षेत्रका भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिकाका अधिकांश बस्ती डुवानमा परेका   छन् । अहिले ति बस्तीहरुमा सुरक्षा निकाय र स्थानीय मिलेर उद्धारको काम जारी राखेका छन् ।

   काडा र कान्द्र नदीमा आएको बाढीका कारण भजनी नगरपालिका वडा नम्बर ३ को दैलेखटोलका र वडा नम्बर ५ कुलियापुरका १५ घर, वडा नम्बर–५ को ढुसी, जनकपुर वडा नम्बर–८ को काँडा ढिक, छेला, लालबोझीका ३० घर भन्दा बढी घर डुवानमा परेका इलाका प्रहरी  कार्यालय भजनीका इन्चार्ज प्रहरी निरिक्षक जनकबहादुर धामीले बताए । डुवान प्रभावित बनेका परिवारलाई सडक र सुरक्षित भएका घरमा सारिएको उनले   बताए ।

अहिले काँडा र कान्द्रा नदीमा बानीको बहाव उच्च रहेको उनले बताए । बाढीमा कान्द्र नदीमा आएको बाढीपछि भजनी ८ लालबोझी जान नसक्दा उद्धारमा समस्या भएको उनले बताए ।

  बर्षा अहिले पनि नरोकिएकाले उद्धारमा समस्या भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रतिक बिष्टले बताए ।


ट्रेन्डिङ