धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

पत्रकार पुडासैनीको निधन

पत्रकार पुडासैनीको निधन

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति ११ काठमाडौंको सरस्वतीनगरस्थित निवासमा अकास्मात ढलेका उनलाई चाबाहिलको हेल्पिङह्याण्ड अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याएपछि डाक्टरहरूले ३३ वर्षीय पुडासैनीको मृत्यु भएको घोषणा गरेको प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनको आज अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उपाध्यक्ष पाण्डेले जानकारी दिएका छन्।

पुडासैनी हाल नेपालभ्युजमा कार्यरत थिए। नुवाकोटका उनी विगत १४ वर्षदेखि पत्रकारितामा क्रियाशील थिए। पुडासैनीले रेडियो अन्नपूर्णसँगै प्राइम, माइन्टेन, जनतालगायत टीभीमा काम गरेका थिए ।


ट्रेन्डिङ