धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढी जलमग्न (फोटो फिचर)

धनगढी जलमग्न (फोटो फिचर)

धनगढी

 मंगलबार राती देखी भएको अविरल बर्षाका कारण धनगढीका विभिन्न क्षत्र जलमग्न बनेका छन् ।

 पानी निकास हुने स्थान अतिक्रमण गर्दै जथाभावी घर निर्माण गरिंदा डुवान बढ्न थालेको हो । वडा प्रहरी कार्यालय धनगढीका अनुसार धनगढी उप–महानगरपालिकाका ३ को पुरानो भन्सार क्षेत्र, आन्तरिक राजस्व कार्यालय पछिाडीको क्षत्र, चटकपुर क्षत्रे, बोराडाँडीको पुरानो यातायात क्षत्र डुवानमा परेका छन् ।

 यसैगरी धनगढी–५ को हसनपुर, शिवनगर क्षत्रमा पनि डुवान भएको वडा प्रहरी इन्चार्ज धनराज भट्टले बताए । बर्षाका कारण सेती प्रादेशिक अस्पताल अगाडीको क्षत्रे पनि डुवानमा परेको उनले बताए ।

 यसैगरी लगातारको बर्षाका कारण वडा प्रहरी कार्यालयको भवन  भित्र पनि पानी पसेको इन्चार्ज भट्टले बताए ।

बर्षाका कारण डुवानमा परेका कतिपय स्थानमा भने डोजर लगाएर पानी निकास गरिएको उनले बताए ।


ट्रेन्डिङ