धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

प्रमुख जिल्ला अधिकारी मिश्रको सरुवा, हमाल आउँदै

प्रमुख जिल्ला अधिकारी मिश्रको सरुवा, हमाल आउँदै

धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ। गृह मन्त्रालयले उनको सुनसरी सरुवा गरेको हो।

उनले अब सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने छन्।मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो।

कैलालीमा प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयका सह–सचिव गोगनबहादुर हमाल आउँदै छन्। मिश्रले २०८० पुष ४ गते कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए।


ट्रेन्डिङ