धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

लागुऔषधसहित दुई जना युवक पक्राउ

लागुऔषधसहित दुई जना युवक पक्राउ

धनगढी । कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट जानकी गाउँपालिका–३ भगतपुरका ३२ वर्षीय निलम बिष्ट ८९० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनले लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका–१ पिपलथलाका २२ वर्षीय धिरेन्द्र चन्द पनि शून्य दशमलव २३ ग्राम लागूऔषधसहित पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोष्ट चम्पापुर र अस्थायी प्रहरी पोष्ट दैजीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।